कैलाली निषेधाज्ञाको दोस्रो दिन :उल्लङ्घन गर्ने ३४४ सवारी साधन होल्ड

Uncategorized

कैलालीमा जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि निषेधाज्ञा उल्लङ्घन गर्ने ३४४ सवारी साधनलाई होल्ड गरिएको छ । शुक्रवार बिहान मध्यान्हसम्म करिब ३४४ सवारी साधनलाई होल्ड गरिएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा जारी गरेको छ । जारी निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षाकर्मीहरूको टोली सडकमा निस्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले आज मध्यान्हसम्म जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा उल्लङ्घन गर्ने ३४४ सवारी साधनलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने ५६४ जना सर्वसाधारणलाई सम्झाई बुझाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *