निषेधाज्ञाको दोस्रो दिन : सडकमा चाप घटेन, चेकजाँचमा कडाइ

Uncategorized

दोस्रो चरणको कोरोनाको सङ्क्रमण दर उच्च भएपछि सरकारले चेन ब्रेक गर्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन पनि सडकमा निजी सवारीसाधनको चाप घटेको छैन ।

यस क्रममा राजधानीको प्रमुख सडकहरूमा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । अत्यावश्यक काममा हिडेकाहरुको कागजपत्र र अन्यको परिचय पत्र हेर्दै छाडेपनी बिना काम हिड्नेहरुको २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीसाधनहरू प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउनलाई थप कडाइ गर्ने जनाएको छ।

लकडाउन फितलो देखिएको भन्दै गुनासो आइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिन यसको प्रोटोकलबारे धेरैलाई जानकारी नभएकाले दोस्रो दिन अर्थात् आजबाट कडाइ हुने बताए। ‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको थियो’ उनले भने, ‘आज देखि काठमाडौँको निषेधाज्ञालाई थप कडाइ गर्नेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *