काठमाडौंबाट पक्राउ परेको यो जोडी, गर्दा रहेछन् यस्तो डरलाग्दो काम !

समाचार

म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख रुपैयाँ निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौंको भत्केको पुलमा बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।

उनीहरुले सिद्धार्थ बैकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट यक्सापायर भएको डेबिट कार्डबाट ३४ लाख ३५ हजार निकालेका थिए । सिद्धार्थ बैकको एटीएमबाट पैसा चोरी भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौबाट विशेष टोली परिचालन गरी उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट २१ लाख नगद र लोइड भिषा डेबिट कार्ड लण्डनको एटीएमकार्ड समेत बरामद गरेको छ । उनीहरुले रकम झिक्न प्रयोग गरेको लोइड भिषा डेबिट कार्डको म्याद सकिएको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अधिकृतका अनुसार उनीहरुले एक्सपायर भएको एटीएम सुरुमा सिद्धार्थ बैकको एटीएम बुथमा पैसा झिक्न प्रयास गरेका थिए । खातामा पैसा नभएपनि एटीएमबाट पैसा आएपछि उनीहरुले काठमाडौंको अन्य एटीएम बुथमा गएर सोही एटीएम प्रयोग गरी रकम निकालेको खुल्न आएको छ ।

म्याद सकिएको कार्डबाट चाबहिल, कालोपुल, हात्तिसार भाटभटेनीमा रहेको एटीएम बुथबाट पटकपटक गरी ३४ लाख ३५ हजार रकम निकालेको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरुले निकालेको रकम मध्ये १० लाख ५० हजार रुपैयाँ सहकारीमा राखेको बताएका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुई वर्ष मुनिका छोराछोरीलाई छाडेर विदेश जान रोक
चितवनको रत्ननगर नगरपालिकाले दुई वर्ष मुनिका छोराछोरीलाई छाडेर विदेश जान रोक लगाउने भएको छ । नगरको नर्वौँ अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दै दुई वर्ष मुनिका छोराछोरीलाई छाडेर विदेश जान महिलालाई रोक लगाएको हो ।

सभाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने निर्णयसहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

दुई वर्ष मुनिका बच्चालाई आमाले छाड्दा उसको सर्वाङ्गीण विकासमा नकारात्मक असर पुग्ने भन्दै नगरपालिकाले छाडेर जान अनुमति नदिने भएको हो ।

स्वास्थ्यका हिसाबले पनि जन्मेको ६ महिनासम्म आमको मात्र दूध खुवाउने र दुई वर्षसम्म आमाको स्तनपान गराउनु राम्रो ठानिन्छ । दुई वर्षसम्म आमाको स्तनपान गरेको बच्चाको शारिरीकर र मानसिक स्वास्थ्य राम्रो हुने विज्ञहरूको भनाइ छ ।

नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै बाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *