घाँसपात गरेर रमाउदै चर्चित गायिका मेचु धिमाल, लेख्छिन: मेरो त धरातल नै यहि हो हजुर,

समाचार

मेचु धिमाल हिमायलय टेलिभिजन एचडी टेलिभिजनबाट प्रसारित चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपालकि’ टप ८ फाईनलिस्ट हुन् । सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेकी मोरङ उर्लाबारीकि मेचु धिमालले ‘दि भ्वाइस अफ नेपालबाट’ चर्चामा आएकी उनले दर्जनौ गीत गाईसकेकी छिन् ।

मोरङ उर्लाबारीकी मेचु धिमाल परिवारकै ठुली छोरी हुन् । उनका ३ बहिनी पनि छन् । मध्यम परिवारमा जन्मिएकी उनी सानैदेखी दुख गरेकी ब्यक्ती हुन । उनले पशुपती क्याम्पसबाट ब्याचलर सम्मको अध्ययन गरिसकेकी छिन् ।

मेचु अहिले उर्लाबारी तिरै नै छिन् । सामाजिक संजालमा निकै ब्यस्त रहने उनले फोटो, भिडियोहरु अपलोड गरिरहन्छिन । उनलाई फ्यानहरुको राम्रो साथ र सहयोग रहेको छ । कहिले लाईभ त कहिले काहीँ फोटो, भिडियो अपलोड गरेर फ्यानहरु माझ अपडेट भैरहन्छिन

मेचुले सामाजिक सन्जाल फेसबुकमा घाँस काटेर डोकोमा बोकेर हिडिरहेको तस्बिर सार्बजनिक गरेकी छिन् । जुन अहिले भाईरल बनिरहेको छ । उनले काम सानो ठूलो नहुने, काम गर्न लाज मान्न नहुने बताएकी छिन् ।

आफ्नो बास्तबिकतलाई झल्काउदै तस्बिरमा लेखेको क्याप्सनले धेरैको मन जित्न सफल भएको छ । उनले लेखेकी छिन् : मेरो त धरातल नै यहि हो हजुर…..काम गर्नलाई के को लाज हौ….म त छक्क पर्छु लजाउनेहरुलाई….”

मेचु धिमालले एक अनलाइन सँगको अन्तर्वार्तामा प्रेम, विवाह र सांगीतिक यात्राको बारेमा खुलेर कुरा गरेकी छिन्’, उनले एक अन्तर्वार्ताकै क्रममा आफूलाई सिम्पल केटा मन पर्ने समेत खुलासा गरिन् । विवाहको प्रश्नमा चाहिँ लामो हाँसो तान्दै, अहिले केही नसोचेको बताइन् , र भविष्यमा संगीत क्षेत्रकै व्यक्ति सँग विवाह गर्ने चाहाना रहेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *