सर्लाहीमा खोलाले बगाएर दुईसहित चार जनाको मृत्यु

समाचार

नेपालगञ्ज, असार २१। सर्लाहीमा बेग्ला–बेग्लै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले दिएको जानकारी अनुसार खोलाले बगाएर दुई जना, पोखरीमा डुबेर एक जना र सवारी दुर्घटनामा एक जना गरी चार जनाको मृत्यु भएको हो । आइतबार राती ८ स्३० बजेतिर बाँके खोलाले बगाएर ईश्वरपुर नगरपालिका–१३, का ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ ।
श्रीमती ४० वर्षीया रहन्ती देवीसँग बाँके खोलापारी महोत्तरीको कान्तिबजारमा चटपटे बेचेर घर फर्किदै गर्नुभएका रामचन्द्रलाई बाँके खोलामा आएको बाढीले बगाएको हो । रामचन्द्रलाई खोलाले बगाएको स्थान भन्दा करिव पाँच सय मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *