सप्तकोसीमा पानीको बहाव बढेपछि १४ ढोका खोलियो

समाचार

सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ ।कोसी गाउँपालिका–८ स्थित सुनसरी र सप्तरी सीमामा अवस्थित कोशी ब्यारेजमा पानीमा मापन गरिन्छ । बिहीबार पानीको बहाव बढेर २१ वटा ढोका खोलिएको भएपनि हाल घटाएर १४ मा झारिएको छ । अर्थात्, शुक्रबार बिहान पानीको बहाव घटेसँगै १४ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्यूसेक मापन गरिएको थियो । त्यतिबेला कोसी ब्यारेजका २१ वटा ढोका खुला गरियो । तर आज बिहानसम्म आइपुग्दा पानीको बहाव एक लाख १४ हजार क्यूसेकमा झरेको छ । यसकारण कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको विपद् फोकल पर्सन सुधीर साफीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *