देश महामारीमा फसेको बेला, भिमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

Uncategorized

दोलखाको सदरमुकाम चरिकोटमुन्तिर रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै यससम्वन्धी रिपोर्टिङ गरेका हुन् । पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चौधौं वार्षिकोत्सव मनाइरहेका छौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बनेर कार्यान्वयन भएको समेत वर्षौँ बितिसकेको छ।

०६२/०६३ को जनआन्दोलनको बलमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। त्यो जनआन्दोलन अगाडिसम्म सात राजनीतिक दल र त्यसमा पनि विशेष गरी काँग्रेस र एमालेसँग नागरिक समाजको सौहार्द र सहयोगपूर्ण सम्बन्ध थियो। त्यसको पछाडि कारण थियो। राजा ज्ञानेन्द्रले माघ १९ को घोषणा गरेपछि दलहरू निरीह भए।

राजनीतिक दलहरू आन्दोलन उठाउन सकिरहेका थिएनन्। त्यसै बेला २०६२ साउन १० गतेबाट ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ सुरु भयो। उक्त आन्दोलनले जनपरिचालन र ठूलाठूला आमसभा गर्‍यो। त्यो नागरिक आन्दोलनमा दलहरूको सहयोग थियो। आफ्नो एजेन्डामा जनता नआउने भएपछि र आफ्नो आमसभामा जनता नआएपछि दलहरूले नागरिक समाजलाई मद्दत गरेका थिए। नेविसंघ, अनेरास्ववियुजस्ता काँग्रेस, एमालेका भ्रातृ सङ्गठनले नागरिक समाजको पर्चा बाँड्थे, मान्छे जुटाउँथे।त्यसरी सुरु भएको आन्दोलनबाट गणतन्त्रको स्थापना भयो ।

गणतन्त्रमा न्यायिक सर्वोच्चता हुन्छ। न्यायालयको फैसला विपरीत जस्केलाबाट अपराधका आधारमा सजाय पाएका मानिसलाई छोड्नु सर्वसत्तावादको अभ्यास हो। जनताले दुई तिहाइ दिएको स्थिर सरकारको निर्माण गरेर विकास र समृद्धितिर जाने हो। समाजवाद र साम्यवाद भनेर अब राजनीतिक गुजारा चल्दैन। आफ्नो योग्यता प्रमाणित गर्न सुशासन कायम गर्नुपर्छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अर्को चिन्ता थियो- राजनीतिक स्थिरताको। किनकि जहिले पनि दुई वा दुईभन्दा बढी दलहरूको गठबन्धनले संयुक्त सरकार बनाइरहँदा मुलुकमा औसतमा वर्षको एउटा सरकार बनिरहेको अवस्था थियो। यसबाट भ्रष्टाचार र राजनीतिक अस्थिरता अपेक्षा कृत् बढिरहेको मानिएको थियो। सङ्घीयताले क्षेत्रीय पार्टीहरूको बलियो उपस्थिति निर्माण गर्ने हुनाले स्थिर सरकारको विषय अझै टाढिएको अनुमान गरिएको थियो। तर त्यस्तो अनुमान विपरीत तिनै तहका निर्वाचनले बलियो स्थिर सरकारको निर्माणसमेत गर्‍यो। यसले नागरिकको आशा र अपेक्षालाई ह्वात्तै बढाइदिएको छ।

तर नागरिकको यही अपेक्षा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चुनौती बनिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर बनाएको दुई तिहाइको सरकार र एकता अहिले धरापमा परेको छ । कोरोना महामारीको बेला भएको राजनीतिक खिचातानीले जनताहरू आक्रोशित बनेका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाबको मिति घोषणा गरिसकेका छन् ।

कोरोनाकालको बेलामा आएको राजनीतिक खिचातानी र अस्थिर सरकारको कारणले गर्दा जनता गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने बाटोमा पुगिसकेको छन् । अझ राजा आउ देश बचाउ भन्दै राजाको समर्थनमा उत्रिनेको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

जनतामा राजा प्रतिको मोह बढ्दै गएको छ । यसको एक मात्र कारण भनेको, पुर्वराजा ज्ञानेन्द्र बिर विक्रम शाह १४ वर्ष सम्म नेताहरूको कुरा सुनेर बसे । उनीहरूले गरेको गाली र आलोचना खपेर पनि शान्त भएर बसे । नेताहरूको बारेमा कतै आलोचना गरेको सुनिएन ।

उनको जस्तो निष्ठा त अन्य कुनै राजनीतिक दल र नेताहरूमा देखिएन । अहिले जनमत सङ्ग्रह गर्ने हो भने ७० प्रतिशत भोट राजसंस्थाले पाउँछ । त्यही भएर पनि उनले जनमत सङ्ग्रह गरौँ भनेको कुराहरू बेला बेला सामाजिक सञ्जालहरूमा आउने गरेका छन् ।

जनता अब हजारौँ राजा पाल्नु भन्दा एउटै राजा ठिक भन्न थालेका छन् । नेपाल मा एउटा दिगो राष्ट्र प्रमुख होस भन्ने भित्री चाहाना दुई छिमेकी मुलुकको रहेको छ कि भनेर अन्दाज गर्ने बेला आइसकेको छ ।

अहिलेको परिस्थितिमा नेपाली काँग्रेस सत्तामा जान हतार नगर्नु नै उचित हुन्छ ।देशमा भइरहेको गतिविधिले पिरोलेको बेलामा राष्ट्रपति को आह्वान हुने बित्तिकै संविधान माथि हस्तक्षेप भयो भनेर अदालत जानु पर्थ्यो ।

अहिलेको परिपेक्षमा हेर्ने हो भने संविधानमा पनि प्रशस्तै त्रुटिहरू रहेका छन् । त्यही त्रुटिको फाइदा अहिले सत्ता पक्षले लिएको छ । त्यो त्रुटिहरूलाई संशोधन नगर्ने हो भने भविष्यमा पनि यस्ता घटनाक्रमहरू दोहोरी रहने छन् ।

राजनीतिक दलहरूको नेताको लागि जनता सर्वेसर्वा हुन् । जनताको माझमा जानुको लागि राजनीतिकर्मीहरू तम्तयार रहनु पर्छ । अहिले चुनाव हुनु र चुनावमा जानु काँग्रेसलाई एउटा मौका नै हो । यही बेला गुमेको साख फर्काउन सक्छ । राम पनि १४ वर्ष बनवास बसेर फर्किएका थिए त्यही कुरालाई मनन गर्दै काँग्रेसले पनि अब आफु सुध्रिएर जनतामा जानु पर्छ । अब चै राजनीतिक पार्टीहरु एक्ला एक्लै जनतामा जानु जरुरी देखिन्छ । जस्ले गर्दा स्वस्थ्य प्रतिस्पर्धा पनि हुन्छ ।

अब को चुनाव मा काँग्रेसले दुई तिहाइ ल्याउने हो भने जनमुखी एजेन्डा सहित भावी प्रधानमन्त्रीको नाम सार्वजनिक गरेर जान सके काङ्ग्रेसको अबिस्ट पुरा होला अन्यथा भिर बाट लड्न लाग्या गोरु लाई राम राम भन्ने बाहेक जनता ले काध थाप्दैनन् ।

नेपाल मा अहिलेको परिस्थिति र माहौल टिठ लाग्दो , असहाय उदेक लाग्दो बनेको छ । सबै कार्यकर्ता शक्तिशाली गरी खाने र काम गरेर जीविकोपार्जन गर्छु भन्ने लाई अति कठिन भइरहेको छ ।

व्यवसायी उद्योगी ले ठाउँमा नबुझाए टिक्न र ज्यान जोगाउन मुस्किल छ! यस्तो बेथिति र अराजक्ता कति सहन्छ खै जनता ले?

मुलुकमा स्वास्थ्यकर्मी माथि को अस्पताल मै भौतिक आक्रमण , प्रहरी चौकी माथि खुकुरी प्रहार , हत्या हिंसा बलात्कार , भ्रष्टाचार लगायतले देश ओतप्रोत भएको छ जसका कारण राजनीतिक दलहरूप्रति वितृष्णा पैदा भएको छ । त्यसैले पनि राजा आऊ देश बचाउको नारा घन्किन थालेको हो ।

आज १४ औँ गणतन्त्र दिवस मनाइरहँदा कतै नेपाली जनताको लामो सङ्घर्ष र हजारौँ सहिदको बलिदानी ले आर्जित “लोकतान्त्रिक गणतन्त्र” र “लोकतान्त्रिक गणतन्त्रको यस अवधि” प्रधानमन्त्री, समकालीन राजनैतिक पार्टी र कथित लोकतान्त्रिक नेता भनिएका हरूको कार्य शैलीबाट, गतिविधि बाट नेपाली जनताले अब राजा नै खोजेका हुन् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *