एमालेको ‘आईटी आर्मी’ गठन?

समाचार

नेकपा (एमाले)मा ‘आईटी आर्मी’ गठन भएको छ । पूर्वमन्त्री प्रभु साहको पहलमा मंगलबार आईटी आर्मी संगठन बनाइएको हो । सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको साहले जानकारी दिए ।
यसले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने साहले बताए । उनका अनुसार चन्द भूषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।
यसअघि यूवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा ‘साइबर सेना’ समूह गठन भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि चौतर्फी आलोचना भएको भन्दै त्यसको प्रतिवाद गर्न ‘साइबर सेना’ बनाएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *