राजासगको भेटमा पल शाहले भने- देशलाई राजतन्त्रको आवश्यकता पर्‍यो

समाचार

एसियाका दरिद्रमा नेपाल पनि दर्ता भएको छ । ताजिकिस्तान, बंगलादेश, बर्मा (म्यानमार), उत्तरकोरिया जस्ता राष्ट्र एसियामा गरिब मानिएका छन् । प्रतिव्यक्ति आय, शान्ति, खुसी आदिको मापदण्डमा नेपाल भुटानभन्दा तल छ । सन् २०१३ को सर्वेक्षणमा भुटानको प्रतिव्यक्ति आय २३६२ अमेरिकी डलर बराबर छ भने नेपालको ११ सय डलरको हाराहारीमा छ ।

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक हेर्दा पनि निराश हुनुपर्ने अवस्था छ । नेपालको विकास अत्यन्त निम्नकोटीको देखाइएको छ । त्यस्तै भ्रष्टाचारबारे सूक्ष्म अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाको प्रतिवेदनमा नेपाल भ्रष्टाचारी राष्ट्रमा पर्छ ।

नेपालमा प्र`हरी, कर्मचारी प्रशासन र न्यापालिका आदि समेत पथभ्रष्ट हुँदै गएका समाचार, विश्लेषण र टिप्पणीहरू आइरहन्छन् । यसलाई ‘नियमित आकस्मिकता’ ठान्ने गरिन्छ । राजनीतिशास्त्रले असफल राज्यका लक्षणहरूको चर्चा गरेको छ ।

मानव अधिकार उल्लंघन, कानुनी र सामाजिक भेदभाव, राजनीतिक अस्थिरता, विश्वासयोग्य नेतृत्वको अभाव, आर्थिक मन्दी, पृथकतावादीको चलखेल, जातीय र क्षेत्रीय विग्रह, विदेशी हस्तक्षेप, बढ्दो बेरोजगार, आर्थिक असमानता, प्रजातान्त्रिक संस्थाहरूको असफलता, राष्ट्रिय हितका सवालमा चेतनशील वर्गमा बढ्ने मतभेद तथा राष्ट्रिय शक्तिहरूलाई समन्वय गर्ने केन्द्रीय शक्तिको अभावजस्ता कारणले धेरै राष्ट्र असफल भइरहेका छन् । नेपाल आज त्यही पंक्तिमा उभिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *