देउवालाई भोट हाल्ने सबै सांसदलाई पार्टीबाट निकाल्ने एमालेको घोषणा?

समाचार

काठमाडौं । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए सबै सांसदलाई पार्टीबाट निकाल्ने घोषणा गरेको छ ।

देउवाले विश्वासको मत लिने तयारी गरिरहेको बेला एमाले बैठकले विश्वासको मत नदिने निर्णय गर्दै मत दिनेलाई पार्टीबाटै निकाल्ने चेतावनी दिएको हो ।

एमालेको गत शुक्रबार बसेको संसदीय दलको बैठकले पनि देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । बैठकपछि नेता प्रदीप ज्ञवालीले पार्टी निर्णय विपरीत गएर कसैले काम गरे उनीहरु पार्टीमा नरहने बताएका हुन् ।

‘पार्टी निर्णय विपरीत गएर कसैले विश्वासको मत दिन्छ भने त्यस्तो व्यक्ति एमालेमा रहँदैन’ ज्ञवालीले भने । यस अघि विघटन भइसकेको कार्यदलका सदस्यहरु नेता माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेर मिलेर जान प्रस्ताव गरे पनि उनले आफूले एक्लै भए पनि विश्वासको मत हाल्ने बताएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *