रौतहटका युवा बैठाको मलेसियामा मृत्यु, अचानक पेट दुखेपछि थिए अचेत?

समाचार

रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो । बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए ।

अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए । मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka ​ म्यानपावर काठमाडौंमार्फत ys form indudtries bhd कम्पनीमा गएका थिए ।

उक्त कम्पनीको लापरवाहीको कारण बैठाको मृत्यु भएको पीडित परिवारहरूले आरोप लगाएका छन् । मृतकको शव छिटो नेपाल ल्याउन र मलेसिया सरकारबाट पाउने सुबिधा उपलब्ध गराउन पहलको लागि नेपाल सरकारसंग परिवारले आग्रह गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *