अनौठो घटना : शुक्रवार देखि हराएको जहाज साइबेरियामा भेटियो, के भयो जहाज चढेको १९ जना यात्रुलाई ?

समाचार

एजेन्सी । रुसमा २८ जना यात्रु भएको विमान हराएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको २ हप्ता नबित्दै शुक्रवार अर्को जहाज पनि हरायो । एयर ट्राफिक कन्ट्रोलको राडारबाट अचानक विमान सम्पर्क विच्छेद भएपछि खोजी थालियो । तर अचम्म त्यो जहाज यात्रु सहित साइबेरियामा भेटिएको छ ।

विमानमा १९ जना यात्रु थिए । यात्रुवाहक विमान कन्ट्रोल राडारको सम्पर्कवाट हराएपछि तत्काल खोजी थालिएको हो । तर सो विमान दुर्घटना हुनवाट जोगिएको छ । विमानका पाइलटले विमानको ‘हार्ड ल्याण्डिङ’ गरेर यात्रुहरुलाई बचाएका थिए । रुसको आकस्मिक मन्त्रालयलाई उद्धृत गर्दै अल जजीराले जनाएअनुसार विमानमा भएका सबै १९ जना यात्रु जीवित बाँच्न सफल भएका छन् ।

सिला कम्पनीले संचालन गरिरहेको यो विमान शुक्रबार केद्रोभीबाट तोम्स्कको लागि उडेका बेला हराएको थियो । पछि यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो र हेलिकप्टरबाटै यो विमान देखिएको थियो ।

आकस्मिक मन्त्रालयका अनुसार सबै १९ जना यात्रु जीवित बचेका छन् र उनीहरुलाई त्यहाँबाट शहरको अस्पताल ल्याउने काम भइरहेको छ । रुसमा अर्को सानो एयरक्राफ्ट एएन–२६ दुर्घटना भएर सबै २८ जनाको मृत्यु भएको २ हप्ता नबित्दै यो घटना भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *