थप २४ सय ४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु?

समाचार

काठमाडौं : ११ हजार ६६४ नमूना परीक्षणमा २४ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ६६४ नमूनामा २४ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७,८३३ नमूनाको पीसीआरबाट र ३,८३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
यस्तै, पछिल्लो २४ घन्टामा १२ सय ५८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ। निको हुने दर ९४.७ प्रतिशत हो।
मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *