नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि आयो यस्तो खुसिको खबर, साउनदेखि लागु भयो यस्तो नियम

समाचार

काठमाँडौ – सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको खुसिको खबर आएको छ । नयाँ आर्थिक बर्षदेखि १५ प्रतिशत सम्म रासन भत्ता बढेको हो ।
नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत सरकारले दुवै निकायको रासन भत्ता १५ प्रतिशतले वृद्धि गरेको हो । ०७२ माघयता पहिलोपटक प्रहरीको रासन भत्ता वृद्धि भएको हो ।
दुवै संगठनले मूल्यवृद्धिअनुसार ४० प्रतिशत रासन भत्ता वृद्धिको प्रस्ताव गृह मन्त्रालयमा गरेका थिए । तर, सरकारले १५ प्रतिशत मात्रै वृद्धि गरेको छ । सरकारले ०७२ माघदेखि दुवै प्रहरीका कर्मचारीलाई तलबसँगै रासन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसअघि उनीहरूले रासन किनेर खुवाउने गरेका थिए ।
यो निर्णय साउनदेखि लागू भएको छ । सबैभन्दा धेरै रासन भत्ता माथिल्लो हुम्लामा कार्यरत प्रहरीले पाउनेछन् । त्यहाँ कार्यरत प्रहरीले दैनिक आठ सय ६४ अर्थात् मासिक २५ हजार नौ सय २० रुपैयाँ भत्ता पाउनेछन् । अहिलेसम्म उनीहरूले दैनिक सात सय ५१ रुपैयाँ रासन भत्ता पाउँदै आएका थिए ।
माथिल्लो हुम्लामा खाद्यान्न महँगो हुने भएकाले त्यहीअनुसार रासन भत्ता तय गरिएको हो । चामललगायत खाद्यान्न सस्तो पर्ने जिल्लामा कार्यरत प्रहरीले कम र महँगो पर्ने जिल्लामा कार्यरत प्रहरीले बढी भत्ता पाउने गर्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *