अब फेरि बहुमत ल्याउने हो, सरकार चलाउने हो’- ओली

समाचार

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब एमालेले फेरि बहुमत ल्याउने बताएका छन् । उनले पार्टी संसदीय दलको बैठकमा नेकपा एमालेबाट निर्वाचित सांसदहरुसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । बैठकमा ओलीले अब चुनावमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने दावी गरेका थिए ।

शुक्रबार संसद भवनको ल्होत्से हलमा भएको बैठकमा सम्बोधन गर्दै अबको निर्वाचन आफ्नो पार्टीको स्पष्ट बहुमत आउने ओलीले दाबी गरेका हुन् । ‘हामी सरकारमा हुँदा ल्याएका परियोजना तथा गरेका कामहरुबाट जनता उत्साहित भएका छन्,’ ओलीले भने, ‘देशमा अब हुने निर्वाचनमा हामीले स्पष्ट बहुमत ल्याउँछौँ ।’

उनले अहिले अदालतले असंवैधानिक निर्णय गरेकाले देशभरबाट यसको प्रतिवाद गर्नु पर्ने पनि बैठकमा बताएका छन् ।

उनले सर्वोच्च अदालतको निर्णयले संविधान र लोकतन्त्रमाथि धा वा बोलेको भन्दै यसलाई प्रतिवाद गर्नु पर्ने आवश्यकता रहेको पनि बताएका छन् । उनले अहिले केही सांसदहरु मन्त्री बन्न पाइन्छ भन्ने आशामा सत्तारुढ कांग्रेससँग नजिक भएको तर भविष्यमा उनीहरुले ठूलो समस्या भोग्न पर्ने दिन आउने पनि बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *