राष्ट्रपतिलाई महाभियोग लगाउन सांसदको गणना?

समाचार

काठमाडौं, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ ।

संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही धाराको उपधारा २ बमोजिम महाभियोग प्रस्ताव पारित गर्न तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित हुन सक्छ । पारित भएमा राष्ट्रपति पद मुक्त हुने व्यवस्था छ ।

प्रतिनिधि सभामा २७५ सांसद संख्या रहने व्यवस्था भएकोमा यथास्थितिमा २६७ रहेका छन् । राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न १७८ सांसद संख्याको समर्थन चाहिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद संख्या एकजुट भएर महाभियोगको पक्षमा लागेमा १३ सांसद अपुग हुन्छ । देउवालाई १६५ सांसदले समर्थन गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *