फेरी एकचोटी प्रमाणित भयो प्रचण्डजी, तपाईं दक्षिण एसियाकै राजनेता हो : ऋषि धमला

समाचार

पत्रकार ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको बताएका छन् । उनले प्रचण्डलाई दक्षिण एशियाकै शक्तिशाली नेताको रुपमा उभ्याए ।आइतबार राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको समेत उल्लेख गरे ।उनले नेपाली नेताहरुमा प्रचण्ड सफा हृदय भएको नेता भएको बताउँदै अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा राखे ।
पत्रकार धमलालाई अध्यक्ष प्रचण्डले सम्मान पत्र, खादा र मालासहित सम्मानित गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *