प्रचण्डको चेतावनी: आगोसँग खेल्नु राम्रो होइन ,

समाचार

ओलीलाई चेतावनी दिँदै प्रचण्डले भने-‘आगोसँग खेल्नु राम्रो होइन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग नखेल्न निवर्तमानप्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ। यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ।

त्यो बुद्धितिर कोही पनि नजाऔं।’यस्तै अध्यक्ष दाहालले ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएको भन्दै उनका कुरा अब कसैले नपत्याउने बताए।हामी केपीजीको दम्भ, अहंकार र अत्याचारको जाँतोमा नपिसिएको हुन्थ्यो भने उहाँले भनेको पनि केही हो कि जस्तो लाग्थ्यो,’ उनले भने, ‘भन्ने एउटा, गर्ने अर्को। गोहीको आँसु चुहाएर कसैले पत्याउँछ तपाईंलाई?**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *