नेपालको प्रस्ताव ओलीले मानेनन्, नेपालले गरे यस्तो निर्णय

समाचार

काठमाडौं । आफुहरुको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार नगरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । ओलीले बोलाएको स्थायी कमिटी बैठक पछि सार्न नेपाल पक्षले आग्रह गरेको थियो । शनिवार बालकोट पुगेर नेपाल पक्षका नेताहरुले बैठक सार्न प्रस्ताव गरेका थिए ।

उनीहरुले विघटित कार्यदलले दिएको सुझावका आधारमा नेपालसंग वार्ता गरेर सहमति पछि मात्र बैठक राख्न गरेको आग्रह ओलीले अस्वीकार गर्दै आइतवार स्थायी कमिटी बैठक राखेका छन् ।

आइतबार विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सर्वोच्च अदालतको फैसला पछि एमाले एकता अब टाढिदै गएको छ । ओली नेपालसंग वार्ता गर्ने पक्षमा छैनन् ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *