बैठक रोक्न ओलीद्वारा अस्वीकार, नेपाल पक्षको बहिस्कार

समाचार

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आइतबार विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिए । आइतबार विहान एमाले सचिव तामाङले पनि बैठक नरोकिने रातोपाटीलाई जानकारी दिए ।
यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिवेगर बोलाइएको बैठकमा सहभागी नहुने अडानमा छ । आजको बैठकमा पनि नेपाल पक्षको सहभागिता नरहेको नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘सहमति बेगर बोलाइएको बैठकमा नजाने हाम्रो अडान छ । सहमति नभए कुनै बैठकमा जाँदैनौं ।’ पन्तका अनुसार शनिबार अध्यक्ष ओलीसँग भेटेको टोलीले आज १० बजे नेता नेपालसँग भेटवार्ता गर्दैछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *