माधव नेपाल समूहलाई १४ मन्त्रालय दिन देउवा तयार, को-को मन्त्री बन्ने ?

समाचार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन्। उक्त भेटघाटमा पछिल्लो परिवर्तित राजनीतिक ।
अवस्थाबारे छलफल भएको बताईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल समूहले विश्वासको मत दिने भने पनि प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् ।
प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुनका लागि
आग्रह गरेको बुझिएको छ । भोलि संघीय संसद्को बैठक बस्दैछ ।
बैठक बस्नुअघि नै कसरी अघि बढ्ने भन्नेबारे दाहालले नेपालसँग छलफल गरेका हुन् ।
स्रोतका अनुसार माधव नेपाल समूहलाई सरकारमा सहभागी भए १२ वटा मन्त्रालय पनि दिन तयार भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल समूहलाई सरकारमा सहभागी भए १२ वटा मन्त्रालय पनि दिन तयार भएको एक नेताले जानकारी दिए।
विशेष स्रोतका अनुसार देउवाले आफू विश्वासको मत प्राप्त गर्नको लागि नेपाल समूहलाई जति मन्त्रालय मागे पनि दिन तयार भएको छ।
यदि नेपाल समूहले विश्वासको मत नदिए देउवा एक महिनापछि पदमुक्त हुन्छ।
त्यसैले गर्दा पनि देउवाले नेपाल समूहलाई जति मन्त्रालय मागे पनि दिन तयार भएको स्रोतले बतायो।
यदि नेपाल समूहलाई १२ मन्त्रालय दिए ओली समूहका सांसद कित्ता परिवर्तन ।
गरेर मन्त्री बन्नको लागि नेपाल समूहमा आउन सक्ने सम्भावना छ।
नेपाल समूहले पनि मन्त्री पद दिए ओली समूहका सांसद आउन सक्ने एक नेताले जानकारी दिए।हिजो मात्र ओली समूहका केहि सांसद देउवालाई मन्त्री दिन आग्रह गर्दै देउवा निवास ।
पुगेको समाचार आएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाल समूह सामेल हुन सक्ने संकेत देखिएको छ।
नेपाल समूहलाई यसअघि पनि ८ मन्त्रालय दिने देउवाको दावी थियो ।
तर नेपाल समूह भने केहि समयपछि मात्र यसको निर्णय गर्ने बताएको छ ।
नेपाल समूह सरकारमा सहभागी भए भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र रामकुमारी झाँक्री मन्त्री बन्ने पक्का भएको छ।
ओली समूहका नेताहरु पनि मन्त्रीको लागि नेपाल समूह आउन सक्ने स्रोतले बतायो।
स्रोतका अनुसार ओली समूहका केहि सांसदहरु मन्त्री बन्न नपाएपछि ओलीसँग असन्तुष्टि भएका छन्।
त्यसैले गर्दा केहि सांसद नेपाल समूहमा आउन सक्ने सम्भावना बढेको छ।
जसपाका महन्थ ठाकुर समूहका ६ सांसद उपेन्द्र यादव समूहमा प्रवेश गरिसकेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *