ओली सरकारले ४ बर्षमा गर्न नसकेको काम जनार्दन शर्माले एकदिनमै गरेर देखाइदिए, चौतर्फी वाहीवाही?

समाचार

यतिबेला अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन । उनले ओली सरकारले लामो समयदेखि गर्न नसकको काम १ मष्न नबित्दै गरेपछि र्चातर्फी चर्चाका पात्र बनेका छन । उनको सुरुवात देखेर नया पुस्तामा खुसीको सञ्चार भएको छ । धेरैको निराशा आशामा परिणत भएको छ । लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरेका हुन् ।अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जानकारी दिए । कोरोना महामारीको प्रतिकुल परिस्थितिमा काम गरेका इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ ।इन्जिनियरहरूको माग सम्बोधनका लागि डा पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।निकासा भएको रकम ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरुले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटक पटक करारका ती इन्जिनियरहरूले आन्दोलन गर्दै आएपनि माग सम्बोधन हुन सकेको थिएन।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *