‘ओलीलाई कसैले छोए अरिंगाल झै जाइलाग्छौ’ : महेश वस्नेत?

समाचार

काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेको युवा संगठन निकै सकृय भएको छ । सर्वोच्चको फैसला विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका युवा नेता तथा सांसद महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा विरुद्ध कसैले षडयन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् । नेकपा एमालेले पनि सर्वोच्च अदालतको फैसला विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेकै दिन महेश वस्नेतले पनि यस्तो घोषणा गरेका हुन् ।

युथफोर्सको इन्चार्ज समेत रहेका बस्नेतले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई निर्देशन समेत दिएका छन्। भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै बस्नेतले यस्तो निर्देशन दिएका हुन् । बस्नेतले ुकसैले छोए अरिंगाल झै जाइलाग्नेु बताउँदै माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *