सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँ : केपी ओली ?

समाचार

काठमाडौं – निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन्।शनिबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताए। ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गरेका हुन्।

भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफलका लागि भेटवार्ता गर्दै सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको भण्डारीको भनाइ छ।
ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए। भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *