डुबानको जोखिममा रहेका १७ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो?

समाचार

पूर्वी नवलपरासी — नदी कटान बढेसँगै हुप्सेकोट गाउँपालिकाले १७ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार वडा नम्बर ५ बाघखोर गाउँका १७ घरपरिवारका १ सय २७ जनालाई उद्धार गरेर स्थानीय जनता माध्यमिक विद्यालयमा सारिएको हो ।
हुप्सेकोट स्थित धौवादी फलामखानी नजिक रहेको खानीखोलाको बाढीले बस्ती कटान गरेपछि उनीहरुलाई आपतकालीन उद्धार गरेर विद्यालयमा सारिएको हो ।

बाढीले किनारमा रहेका घर कटान गर्न सुरु गरेपछि स्थानीय र प्रहरीको सहयोगमा शुक्रबार र शनिबार स्थानान्तरण गरेर विद्यालयमा राखिएको हो ।बिहीबार रातिदेखिको वर्षासँगै आएको पानीले खोलामा पानीको सतह बढेपछि खोला किनारको बस्ती जोखिममा परेको छ ।विद्यालयमा सारिएका ती परिवारलाई गाउँपालिका, रेडक्रस लगायतका संघसंस्थाले आपतकालीन सहयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *