छात्रबृत्तिमा अमेरिका गएका नेपाली युवकको गो’ली काण्डमा निधन, धेरै नेपाली भागेर बाँचे?

समाचार

काठमाडौं, जेठ ३१ । मेरिल्याण्ड भएको गो ली काण्डमा ज्यान गुमाउने नेपाली युवा सागर घिमिरेको आज अन्त्येष्टी गरिने भएको छ ।

परिवारसंगको सहमतिपछि आज दाहसंस्कार गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्रद्धान्जली र अन्तेष्टी कार्यक्रम राखिएको छ । अन्तेष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरुले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।

२४ बर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गो ली बाट घिमिरेको मृत्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।

संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

घटनामा एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घाइते भएका थिए । बन्दुक धारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *