माधव नेपालको वि’रोध गर्नेको हात, खुट्टा का’टिदिने र ठाडो आँखाले हेरे आँखै फो’डिदिने चे-तावनी?

समाचार

नेकपा एमालेको माधवकुमार नेपाल समहूका विद्यार्थी नेता सुदेश पराजुलीले बि’रोधीहरू माथि क’डा भौतिक कारबाही गर्ने चे’तावनी दिएका छन ।

बिहीबार काठमाडौँमा भएको एउटा विद्यार्थी भेलामा आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रजंग शाहीको नेतृत्वको अखिल फोर्स नामको दस्ता घोषणा गर्दै पराजुलीले नेपालको बिरोध गर्नेहरूमाथि भौतिक का’रबाही गरिने घोषणा गरे ।

उनले त्यस्तो भौतिक कारबाहीको जिम्मेवारी अखिल फोर्सले लिने जानकारी दिए । भेलामा सम्बोधन गर्नेक्रममा उनले युथ फोर्सको विरू’द्धमा ल’ड्नका लागि अखिल फोर्सले काम गर्ने बताए ।

पराजुलीले माधव नेपालको घरतिर टे’डो नजरले हेर्नेको आँ’खा फु’टाउने र हात खुट्टा चलाउनेको हात खुट्टै का’टिदिने ध-म्की समेत दिए । पराजुलीको चे-तावनी तलको भिडियो सुन्न सक्नुहुन्छ ।

साथमा –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। एमालेका संसदीय दलका नेता ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।तामाङका अनुसार बैठकमा आगामी साउन ३ गते बस्ने प्रतिनिधि सभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको हो।यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । यस्तै, भोलिको बैठकमा उपस्थितिको लागि माधवकुमार नेपाल पक्षलाई समेत पत्राचार गरिएको तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *