सुर्खेत विमानस्थलको बजेट फिर्ता ?

समाचार

– सुर्खेत विमानस्थल धावन मार्ग विस्तार गर्नका लागि सङ्घीय सरकार र प्रदेश सरकारले छुट्याएको बजेट फिर्ता भएको छ । धावन मार्ग विस्तारका लागि गत आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारले ५० करोड र प्रदेश सरकारले ५१ करोड बजेट विनियोजन गरेका थिए ।धावन मार्ग विस्तारका लागि स्थानीय प्रभावितबाट विरोध सुरु भएपछि काम अगाडि बढ्न नसक्दा एक अर्बभन्दा बढीको बजेट फिर्ता भएको हो । सङ्घ र प्रदेश सरकारले यदि स्थानीय बासिन्दाले विरोध नगरेको भए गत आर्थिक वर्षबाट काम सुरु गर्ने जनाएका थिए । स्थानीयवासीको विरोधले न धावन मार्ग विस्तारको काम अगाडि बढ्यो न विनियोजन गरिएको बजेट नै सदुपयोग भयो । सुर्खेत नागरिक उड्डयन कार्यालयले स्थानीयवासीको विरोध समाधानका लागि पटकपटक प्रयास गर्दा सफल नहुँदा काम अगाडि बढ्न नसकेकाले बजेट खर्च नभएको जनाएको छ । प्राधिकरण प्रमुख उमेशकुमार पन्थीले प्रभावित स्थानीय बासिन्दासँग सहमति नहुँदा बजेट फ्रिज भएको बताउनुभयो ।प्रभावित स्थानीय बासिन्दासँग सहमति नजुट्दासम्म धावन मार्ग विस्तारको काम अझै पनि अन्योलमा छ । प्रदेश सरकारले विमानस्थलका गर्न यस वर्ष बजेट विनियोजन गरेको छैन । प्राधिकरण प्रमुख पन्थी स्थानीय बासिन्दाले सहमति गरेमा काम सुरु गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार कर्णालीको आवश्यकता अनुसार विमानस्थल विस्तारमा सबैले सहयोग गर्नुपर्ने हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *