आरध्यदेव पशुपतिनाथको दर्शन गर्दै हेरौँ आजको राशिफल

समाचार

विराटनगर, ३० असार । आज मिति २०७८ साल असार महिनाको ३० गते, बुधवार, १४ जुलाई २०२१ । आषाढ शुक्लपक्ष चतुर्थी तिथि । आज बिहान सुर्याेदय ५ बजेर ११ मिनेटमा भयो भने बेलुकी ६ बजेर ५१ मिनेटमा सूर्यास्त हुने छ । भवगवान पशुपतिनाथको दर्शन गर्दै हेरौं आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मेष राशि भएकाहरुले आज प्रतिकुल परिस्थितीका बीच अघि बढ्नु पर्ने हुन्छ । चिताएको काम पुरा गर्न समय लाग्ने छ । मिहिनेत गर्दा निक्कै कठिनताका साथ काम बन्ने छ । गुरु र सन्तानको सहयोगमा गरेको काम भने बन्ने देखिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) यो राशिको राशिफलले विवेकको प्रयोग गरि समयसापेक्ष निर्णय लिनु पर्ने देखिन्छ । नयाँ काम सुरु हुने छ । मिहिनेत गरे अनुसार लाभ पाइने छ । आज तपाईलाई चौपाया तथा जग्गा जमिनको कारोबार गर्दा भने अधिक फाइदा हुने देखिन्छ । आफन्त र तथा अग्रजको सुझाव अनुसार अघि बढ्ने प्रयास गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह ) मिहिनेत अनुसारको फल पाउनु हुने छ । काममा सहयोगीहरुले साथ दिने र समयमै काम सक्नु हुनेछ । लामो सयमदेखि चाहेको काम पुरा हुदा उत्साह जाग्ने छ । व्यापार व्यवसायमा भने सानो लगानीबाट नै प्रसस्त आम्दामी लिन सक्ने देखिन्छ । तपाईको कमजोरीबाट फाइदा लिन खोज्नेहरु सल्बलाएको देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) विवेकको प्रयोग गर्दै आज विद्या तथा धन लाभ गर्ने अवसर रहेको देखिन्छ । आज तपाईको प्रयास भएमा जस्तोसुकै काम बन्ने छन् । वाणीमा तथा विचारमा धेरै सहमत हुने छन् । प्रतिष्ठित क्षेत्रमा काम पाउन सक्ने सम्भावना पनि देखिन्छ । तपाईको प्रशंसा गर्नेहरू बढ्ने छन् । रोकिएका काम पनि पुरा हुने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रमाइलो मै दिन बित्ने देखिन्छ । मिष्ठान्न भोजनको योग समेत रहेको छ । हौसला र उमंग भने दिन भर छाउने देखिन्छ । आज तपाईलाई साथ दिनेहरु प्रसस्त भेटिने छन् । नयाँ कामको प्रस्ताव आउन सक्छ । कार्य क्षमताको प्रशंसा पाउनु हुने छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) आज तपाईको राशिफल अुनसार अर्थ हानि हुने देखिन्छ । खर्च बढ्ने छ । काममा लगानी समेत थप्नु पर्ने हुन सक्छ । तर साथी तथा सहयोगीहरुको इच्छामा गरिएका कामबाट भने फाइदा पाउनु हुने छ । आज भ्रमणमा समेत समय बित्न सक्छ । आफन्तबाट टाढिनु पर्ने हुनसक्छ । खर्च बढेपनि यात्रा भने उपलब्धिमुलक नै हुने देखिन्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) गरेको काममा सफलता पाउनु हुने छ । आर्थिक रुपमा आज तपाई सफल देखिनु हुनेछ । मिहिनेतले तपाईलाई आज नाम, दाम, इनाम र अवसर थप्ने छ । व्यापार तथा व्यवसाय क्षेत्रमा हुनु हुनेहरुले लगानी थप्नु पर्ने देखिन्छ । आज तपाईमाथि विश्वासघात पनि हुने देखिन्छ । कर्जा तथा सरसापट दिँदा ध्यान दिनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज तपाईको मन प्रसन्न रहने छ । सामजिक क्षेत्रमा नेतृत्व पाउने सम्भावना देखिन्छ । आज तपाईले गरेका कामबाट राम्रो फल पाउने योग रहेको छ । व्यापार व्यवसायमा लागेकाहरुले पनि राम्रै फाइदा लिनु हुने छ । लगनशिताकै कारण तपाईको उच्चमूल्यांकन पनि हुने छ । तर अति महत्वकांक्षी देखिन सक्नु हुने छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) नयाँ लुगा वा गहना प्राप्त हुने छ । दैनिक काममा आज फाइदा हुने छ । आर्थिक क्षेत्रमा रहेकाहरुले भने घाटा सहनु पर्ला । होसियारीसाथ लगानी गर्नु होला । समाजिक क्षेत्रमा अझ जिम्मेवारी थपिने छ । धार्मिक क्षेत्रमा काम गर्न मन लाग्ने छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) समय त्यति अनुकुल देखिँदैन् । बोल्दा निक्कै नै संयमता राख्नु पर्ने देखिन्छ । तपाईको बोलीको गलत अर्थ लगाउनेहरु पनि भेटिने छन् । प्रेममा समेत आज अनुकुलता देखिन्न भने तपाईको हठले काम नबन्ने खतरा देखिन्छ । सामान्य कामका लागि नै धेरै श्रम तथा समय खर्च गर्नु पर्ने हुन्छ । स्वास्थ्य अवस्था समेत खराब हुन सक्ने हुँदा खानपानमा ध्यान दिनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) कर्म अनुसारको राम्रो फल पाउनु हुने छ । मनमा उत्साह र उंमग छाउने छ । सहयोग र उपहार पाउनु हुने देखिन्छ । हितौषीसँग भेट हुने छ । प्रेममा सफलताको योग रहेको छ । परिवारबाट पनि साथ सहयोग पाउनु हुने छ । यात्रा र मिस्ठान्न भोजनको अवसर आउने छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) आज तपाईको मन प्रसन्न हुने छ । रोकिएका काम बन्ने देखिन्छ । पिता तथा परिवारका सदस्यहरुले साथ दिने छन् । साहसी काम गर्दा आज अपार फाइदा पाउनु हुने छ । यस्तै दीगो आम्दानीको श्रोत पनि फेला पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *