ससुरालाई बुबा बनाएर नागरिकता लिन खोज्ने एक भारतीयसहित तीन पक्राउ

समाचार

भारत बिहारको सुपौलका श्रीनन्दनको ५ वर्षअघि राजविराज–१५ देउरीभरुवाका देवनकी छोरीसित विवाह भएको थियो । पछिल्लो एक वर्षयता नेपालमै बस्न थालेका श्रीनन्दनले ससुरालाई बुबा बनाएर नेपाली नागरिकता लिन खोजेका हुन् । श्रीनन्दनले आफूलाई राजविराज–१५ कै सञ्जीव यादव भन्ने व्यक्तिले २ हजार रुपैयाँमा नेपाली नागरिकता दिलाइदिने सहमति गरेको ससुरा देवनलाई सुनाएका थिए ।ससुरालाई बुबा बनाएर नेपाली नागरिकताको प्रतिलिपि लिन खोज्ने भारतीय नागरिक श्रीनन्दन यादवलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार नियन्त्रणमा लिएको छ । नक्कली बुबा बनेर सनाखत गर्न पुगेका ससुरा राजविराज नगरपालिका–१५ का देवन यादव र उनका छोरा सुरेशलाई पनि नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *