पूजासँग सम्बन्ध बिग्रिएको मौका छोपी साम्राज्ञीले पैसै पैसाले किनिदिइन् आकाशलाई

समाचार

पूजासँग सम्बन्ध बिग्रिएको मौका छोपी साम्राज्ञीले पैसै पैसाले किनिदिइन् आकाशलाई, आकाशसँग एकान्तमा समय बिताउन साम्राज्ञीले आकाशका हरेक इच्च्छा पूरा गरिदिन्छु भनेपछि आकाश पनि खुशी बनेर साम्राज्ञीको पछि लागे, साम्राज्ञीको रिसको अगाडी कतिन्जेली जम्ला यो जोडी ?**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

पहिलाका पतिबाट जन्मिएका ७ वर्षका छोरा छाडेर यि बृद्धसँग आएकी पूजालाई अहिले भयो पछुतो, बृद्धले हात नभएकी डुँडी भन्दै हेला गर्न थालेपछि पूजा भक्कानिएर रोइन्, बृद्ध पतिले कल्पनामा पनि नसोचेको पिडा दिएपछि पूजाले जे पनि गर्न सक्छु भन्दै डाँको छोडेर रोइन् , हेर्नुहोस् भिडियो
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । खड्काले तीनहजार ६१२ मत प्राप्त गर्नुभएको थियो ।नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गर्नुभएको बताइएको छ ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा सात राष्ट्रिय गौरवका आयोजना समेटिएको छ । यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा काभ्रेपलाञ्चोकमा गत साल शुरु गरिएका बाहेक सात नयाँ पूर्वाधार विकासको क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

बजेटमा भक्तपुरबाट काभ्रेपलाञ्चोकको रवीहुँदै पाँचखालसम्मको सुरुङ्मार्ग, बनेपामा फिल्म सुटिङ स्टुडियो, सुनकोशी नदीको दोलालघाटदेखि खुर्कोट हँुदै चतरा–अरुण दोभान जलयातायात, कागती उत्पादन पकेट क्षेत्र एवं विस्तार, काभ्रे भ्याली स्मार्ट सिटी तथा पाँचखाल, बनेपा, धुलिखेल र पनौती आसपासका सम्भावित क्षेत्रमा शहरी विकासका लागि बजेट विनियोजन गरिएको छ । यस्तै, अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–कोदारीखण्ड स्तरोन्नति (चार–लेन)तथा विस्तार गर्न रु. एक अर्ब १४ करोड व्यवस्था गरिएको छ ।

पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड र निर्माणाधीन पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज), बनेपाको साँगामा निर्माण हुने प्रतिरक्षा विश्वविद्यालय, तेमाल बृहत खानेपानी योजनालगायत सडक, विद्युत, स्वास्थ्य क्षेत्रका लागि क्रमागत बजेट विनियोजन गरिएको छ ।

विश्वविद्यालयका लागि आवश्यक पाँचखाल नगरको वडा नं. ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं.वडाको दश हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको छ । पाँचखालमा निर्माणाधीन सेज छिट्टै सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
जिल्लाका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट सुनिश्चित गरिएको छ । गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

बजेट उल्लेख गरिएका आयोजना एकमुष्ट तथा क्रमागत आयोजना भएकाले काभ्रेपलाञ्चोकका लागि थयासक्य छिटो र गुणस्तरीय निर्माण गर्नसक्ने बजेट ल्याइने निवर्तमान सांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँले भन्नुभयो “गतसाल शुरु गरिएकालाई क्रमागत बजेट र जिल्लामा नयाँ थप सात वटा राष्ट्रिय गौरवका आयोजना थपिनु हाम्रा लागि सुखद् हो ।” उहाँले जिल्लामा आएका नयाँ आयोजना ‘रुपान्तरणकारी’ भएकाले जिल्लाको मुहार फेरिनेमा ढुक्क हुनुपर्ने उल्लेख गर्दै ठूला गौरवका योजनाबाहेक काभ्रेपलाञ्चोकमा थुप्रै विकास–योजनामा बजेट छुट्याइको जानकारी दिनुभयो ।

सरकारले काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका लागि रु चार अर्ब ८२ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा रु पचास करोड ६९ लाख तथा सबैभन्दा कम खानीखोला गाउँपालिकामा रु छब्बीस करोड १६ लाख विनियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *