राजनीति राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’ ले किन छोपियो ?

समाचार

काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयको भित्तामा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ । जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ ।

कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् । यस विषयमा हामीले राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईसँग प्रश्न गर्दा उनले फोटोमा कुनै छेडखानी नगरिएको बताए ।
‘जस्तो फोटो खिचिएको थियो, हामीले त्यस्तै प्रेषित गरेका हौं, फोटोसप गरिएको छैन,’ ‘राष्ट्रपतिको तस्वीरमा देखिएको सेतो भागको वास्तविकता के हो भन्ने हामी बुझ्दैछौं ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् । उनले भने, ‘नेपाल टेलिभिजनको लाइट प्रधानमन्त्रीको आँखामा सोझै परेपछि सिलिङतिर फर्काइएको थियो । त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो ।’ मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *