ओलीका समर्थक युवाहरुले गरे ,माधव नेपालको घर घेर्ने तयारी

समाचार

काठमाडौँ ३० असार । नेकपा एमालेका वरिष्ठ नेता मधव कुमार नेपालको घर घेर्ने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नेपालकै कारण अध्यक्ष केपी ओलीको सरकार ढलेको भन्दै आफ्नै पार्टीको सरकार ढाल्न प्रतिपक्षीसँग साँठगाँठ गर्ने आरोपमा ओली समुहका युवाहरुले नेता नपालको घर घर्ने भएका हुन् । बालकोट सम्म ओलीलाई पुर्याउन पुगेका समर्थकहरुले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको जनाइएको छ ।

स्रोतका अनुसार ओली समहुका समर्थकहरुलाई नेपालको घर तर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ । आज सरकारी निवास छोडेर बालकोट पुगेका ओलीले पनि समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई कुनै हकमा पनि क्षमा नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *