न्यायपालिका र न्यायधिशलाई मनलाग्दि बोल्ने महेश बस्नेत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुदै

समाचार

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश राणा पूर्वप्रधानन्याधीश खिलराज रेग्मीको नयाँ संस्करण बन्न लागेको टिप्पणी गर्नुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिनुभएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर प्रधानन्यायाधीश राणाले राजनीति गरेको उहाँको भनाइ छ ।

उहाँले राजनीति गर्ने भए राजनीतिक पार्टीमा सामेल हुन राणालाई चुनौती दिनुभएको छ । राजनीति गर्ने मन भए नेपाली कांग्रेस या एमालेमा सामेल हुन उहाँले चेतावनी दिनुभयो ।

विरोद्ध कार्यक्रममा अदालतले गरेको फैसलामा मनलाग्दी बोलेसँगै, न्यायपालिका र न्यायधिशलाई मनलाग्दि बोल्ने महेश बस्नेत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने सम्भावना बढेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *