विनोद चौधरी अर्थमन्त्री बन्दै ? काँग्रेसबाट को–को बन्दै छन् मन्त्री ?

समाचार

काठमाडौँ : नेपाली काँग्रेस र माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेका छन् । काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् ।

सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको पाइन्छ । देउवा आफू पक्षीय उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दै छन् । सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् । सिटौला समूहबाट नेता गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने पक्का छ । देउवा पक्षबाट आज खाणलाई मन्त्री बनाउने सम्भावना बलियो छ ।

यस्तै अर्थमन्त्रीमा नेता नारायण खड्का, ज्ञानेन्द्र कार्की, उद्योगपति विनोद चौधरी लगायतले लबिङ गरिरहेको स्रोतले रातोपाटीलाई जानकारी दियो । यस्तै रामचन्द्र पौडेल पक्षले पनि अर्थ मन्त्रालयमा नजर लगाएको छ ।

त्यसका लागि नेता रामशरण महत र मिनेन्द्र रिजाल लागि परेका छन । महतले हिजो नै देउवा निवास पुगेर वर्तमान अर्थ संकटको समाधानका लागि आफूलाई ६ महिना भएपनि अर्थमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ । आज पनि महामन्त्री शशांक कोइरालाई साथमा लिएर रिजाल पनि देउवा निवास पुगेका थिए ।

देउवाले नेता प्रकाशमान सिंहसँग पनि छलफल गरिरहेका छन् । १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने गरी सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *