गगन थापा स्वास्थ्यमन्त्री !

समाचार

काठमाडौं । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिंदै छन् । प्रधानमन्त्रीको सपथ संगै सानो मन्त्री मण्डल समेत गठन गर्ने तयारीमा बिहानदेखि जुटेका छन् ।

शेरबहादुर देउवाको मन्त्री मण्डलमा माधव नेपाल, जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चा अहिले नजाने भएपछी नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समावेश हुने भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

माओवादी केन्द्रबाट अहिले दुईदेखि तीन जना मात्र मन्त्री मण्डलमा जाने भएका छन् भने नेपाली कांग्रेसबाट पनि अहिले दुई तीन जना मात्र समावेश हुने तयारी भएको छ ।

नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संजालदेखि नेपाली कांग्रेस भित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् । को-भि’ड संग ल’ड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।

गगन थापाले भने यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् भने शेरबहादुर देउवाले अहिले पार्टी भित्र कसलाई कुन मन्त्रालय दिने भन्ने बारे छलफल गरिरहेका छन् ।डा मिनेन्द्र रिजाल वा बालकृष्ण खांडलाई सरकारको प्रवक्ता सहित एक मन्त्रालय दिने समेत चर्चा कांग्रेस भित्र चलिरहेको छ । देउवा निकट एक नेताका अनुसार बालकृष्ण खांड वा मिनेन्द्र रिजाललाई नियुक्त गर्ने देउवाको चाहना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *