नेपाललाई सबै किसिमको सहयोग गर्न चीन तत्पर

समाचार

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाललाई सबै किसिमका सहयोग गर्न चीन तत्पर रहेको बताएकी छन् ।

सोमवार अन्लाइन पत्रकार सम्मेलन गर्दै राजदूत होउले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपाल महत्त्वपूर्ण साझेदार रहेको बताउँदै चीन र नेपालबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यले सकारात्मक प्रगति गरेको बताइन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

चाइना एड दरबार हाईस्कूल पुनर्निर्माण परियोजना सम्पन्न भएर नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको उनले बताइन् । टोखा–छहरे सुरुङ परियोजनाको सम्भाव्यता पूर्व अध्ययनको काम सकिएको पनि उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा राम्रो प्रगति भइरहेको उनको भनाइ छ । चाइना एड अरनिको राजमार्गको दीर्घकालीन मर्मत परियोजना पनि शुरू भइसकेको जानकारी उनले दिइन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

हिमालयपार बहुपक्षीय सम्पर्क सञ्जालले पनि क्रमशः आकार लिइरहेको उनको भनाइ छ ।

चीनले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको पनि राजदूत होउले उल्लेख गरेकी छन् । नेपालले खरिद गरेको खोपहरूको पहिलो जत्था आइसकेको उनले बताइन् ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा चीनको पक्षमा नेपालले बोलेको कुरालाई राजदूत होउले प्रशंसा गरेकी छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरूसँग मिलेर काम गर्न तयार रहेको उनको भनाइ छ ।

राजदूत होउले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा देशले निरपेक्ष गरीबीबाट मुक्ति पाएको स्मरण गराइन् ।

पार्टीले कोरोना महामारी नियन्त्रणमा पनि सफलता हासिल गरेको उनको बताइन् ।

आत्मसुधार गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको चरित्र रहेको र यसले पार्टीलाई शुद्ध गर्न र सुधार ल्याउन सहयोग गरेको उनको भनाइ छ ।

गत साता चिनियाँ कम्युनिस्ट पार्टीले संसारभरिका ५०० राजनीतिक दल तथा अन्य संगठनसँग गरेको बृहत् भेलामा राष्ट्रपति सी चिनपिङले बहुपक्षीयतावादलाई केन्द्रमा राखेर मानवजातिको समस्या हल गर्नमा जोड दिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *