१६ औं संस्करणको युरोकपमा क्रिस्टियानो रोल्डोले पाए गोल्डेन बुट !

समाचार

काठमाडौं,असार १८ । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *