रक्ताम्मे खुट्टा हुदाँपनि मैदान नछोडी अर्जेन्टिनालाई जिताएको भन्दै किङ मेसिको बिश्वभरी तारिफ

समाचार

काठमाडौं, असार २४ : अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरिसकेको छ। सेमिफाइनल खेलमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा कोलम्बियाका खेलाडीले अर्जेन्टिनाका कप्तान लियोनल मेसीमाथि धेरै फल गरेका थिए। कोलम्बियाका डिफेन्डर फ्र्याङ्क फ्राब्राले ट्याकल गर्दा मेसीको गोलीगाठाँमा उनको खुट्टा बजारियो। उक्त ट्याकलले मेसी मैदानमा पछारिए। उनको गोलीगाँठाबाट र गत बगिरहेको थियो।

लगातारको शारिरिक आक्रमणपछि मेसी असशज महसुस गरिरहेका थिए। खेलमा प्रतिस्पर्धात्मक भइरहेको अवस्थामा न अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले उनलाई प्रतिस्थापन गर्न चाहे न मेसी स्वयंले पनि मैदान छाड्ने चाहे। उनी सकीनसकी टोलीलाई जित दिलाउन तल्लीन थिए।

प्रशिक्षक स्कालोनीले मेसीलाई प्रतिस्थापन गरेर रिस्क लिन नचाहेको बताएका छन्। टोलीलाई मेसीको अभाव खड्किन सक्ने भएकाले उनलाई असहजताका बाबजुत मैदानमा राखिएको उनले जानकारी दिएका छन्। सो खेल अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जितेको थियो। कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

लियानेल मेसीले राष्ट्रिय टोलीबाट हालसम्म एक पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन्। उनी कुनै पनि हालतमा कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छन्। मेसीका समर्थकहरु पनि मेसीले अन्तर्राष्ट्रिय उपाधि जितेको हेर्न लालयित छन्।

युरोकपको फाइनलमा इङ्गल्याण्डले इटालीको सामना गर्ने

युरोकपको फाइनल खेलमा इङ्गल्याण्डले इटालीको सामना गर्ने भएको छ । १६ औं संस्करणको फाइनल खेल आगामी आईतबार राति पौने १ बजे वेम्ब्ली रंगशालामा हुनेछ । गइराति भएको युरोकपको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई हराउँदै इङ्गल्याण्डले युरोकपको फाइनल यात्रा तय गरेको हो । इङ्गल्याण्डको वेम्ब्ली रंगशालामा गएराति भएको खेलको दोश्रो सेमिफाइनलको अतिरिक्त समयको १४ औं मिनटमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्गल्याण्डले डेनमार्कलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो ।

खेलको १ सय २ औं मिनेटमा डेनमार्कका जोकिम माहिलले रहिम स्टर्लिङ्गमाथि डि बक्समा फाउल ट्याक्लिङ्ग गर्दा इङ्गल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । सोही पेनाल्टीको रिबाउण्डमा केनले गोल गर्दै इङ्गल्याण्डलाई जित दिलाएका हुन् । दुबै टोलीबीचको खेलको निर्धारित समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । यसअघि खेलको ३० औं मिनटमा पाएको फ्रिकिकमा मिकेल डाम्सगार्डले डेनमार्कलाई अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका सिमोन काइरले आत्मघाती गोल गरेपछि इङ्गल्याण्डले पहिलो हाफअघि १–१ गोलको बराबरी खेलेको थियो । इङ्गल्याण्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोष्टमा गोल गर्दा पहिलो हाफमा बराबरी भएको थियो । त्यसपछि दोश्रो हाफमा दुबै टोलिले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयसम्म धकेलिएको थियो । इङ्गल्याण्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यसअघि मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै इटाली फाइनलमा पुगेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *