६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने

समाचार

दोहा– कोरोना महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार प्रवेश गर्नेलाई ‘इन्ट्री परमिट’ नचाहिने भएको छ ।

सोमबारदेखि आवसीय भिसा प्राप्त तथा निवासी र आगन्तुकहरूलाई ६ महिनाभित्र कतार फर्किदा प्रवेश अनुमति ‘इन्ट्री परमिट’ नचाहिने भएको विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

मेजर अल जस्मीका अनुसार यदि कतारको वैधानिक आवासीय अनुमति छ र उनीहरूले मुलुक बाहिर ६ महिना भन्दा कम बसेका छन् भने इन्ट्री परमिट एक असाधारण अनुमति बिना प्रवेश गर्न पाउने छन् ।

विशेष कारणले कतारबाट छ महिना भन्दा बढी समयसम्म बसेका छन् वा केही परिस्थितिले गर्दा उनीहरूको भिसाको अनुमति समाप्त भएकाले पनि प्रवेश पाउने छन् । तर, त्यस्ता व्यक्तिहरुले कतारको इ–गभर्मेन्ट वेबसाइट वा ‘मेट्रास’ टु एप मार्फत आवश्यक पर्ने शुल्क तिरेर कतार फर्कन सक्नेछन् ।

कतार सरकारको यो नयाँ निर्णयसँगै विभिन्न समयमा छुट्टिमा गएर र कोरोना महामारीका कारण फर्कन नसकेका तथा ६ महिना भन्दा कम नेपालमा बसेका नेपाली श्रमिकहरुले इन्ट्री परमिट लिनुपर्ने बाध्यता हटेको छ ।खबरहबमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *