सुदूरपश्चिमको भूस्वर्ग खप्तड, खप्तड एक, सौन्दर्य अनेक

समाचार

सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार,हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।,कहिले,पाटन रङ्गीचङ्गी भूइँफूलले ढाकिन्छन्क ,हिले पूरै पाटन हिउँ नै हिउँले छोपिन्छन् ।कहिले सात थरी लालीगुराँस फुल्छन् प्रकृतिका रङ्गहरु प्रकृतिकै काखमा डुल्छन् । जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हेर्यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू । पर्सियन कार्पेट ओछ्याएझैँ थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीबिरङ्गी पुतलीहरू । चारैतिर कलमी गरेझैँ लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस । अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान । डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन् । त्यही हरियो पाटनमा लडीबुडी खेलिरहुँझैँ लाग्छ । छिनमै वर्षात् र छिनमै हिउँ । केहीबेरमै मान्छे उडाउँलाझैँ हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

अलि लम्किँदा छोइएलाझैँ लाग्ने हँसमुख हिमालहरू । खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैँ देखिने अपि र सैपाल हरदम हाँसिरहेझैँ लाग्छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण–क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ ।

खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन । यसैले, पर्यटकहरू कमै पुग्छन् । तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो । यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ । लाग्छ–यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन् ।

प्राकृतिक सौन्दर्यता थरि थरिका प्राकृतिक नागढुङ्गा, केदारढुङ्गा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔँले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ । डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो ।

३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्याधिक चिसो हुन्छ । पाटनहरू हिउँले सेताम्मे हुन्छन् । सानो हावाको झोँकामा पनि सुसेरा हालेझैँ गर्ने रानीसल्ला, बाँच, नौरङ्गी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन् ।( उज्यालो अनलाइन् बाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *