ट्वाइलेट बसिरहेको बेला पहिरोमा पुरिएकी वालिकाको उपचारको क्रममा मृत्यु

समाचार

काठमाडौं । पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएकी बालिकाको उपचारको क्रममा शुक्रबार निधन भएको छ ।

पाँचथरको फिदिम–१, की १५ बर्षीया सञ्जिता साम्पाङ राईको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई बुधबार राती साँढे नौ बजेतिर ट्वाइलेट बसेको बेला ट्वाइलेटसँगै पहिरोले पुरेको थियो । उनी दाजु सगुन राईसँग फिदिम–१, स्थित कमल घिमिरेको घरमा डेरा बस्दै आएकी थिइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

उनलाई ट्वाइलेट बसिरहेको अवस्थामा डिविजन वन कार्यालयको पर्खाल भत्केर आएको पहिरोले पुरेको थियो । करीब आधा घन्टापछि उनलाई प्रहरी र स्थानीयले अचेत अवस्थामा उद्धार गरेका थिए ।

उनलाई फिदिमको समर्पित अस्पतालमा प्राथमिक उपचारपछि झापा लगिएको थियो । उनको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । घरधनी घिमिरेका अनुसार उनको पुख्र्यौली घर भोजपुर हो ।

बाबुको सानैमा मृत्यु भएको र आमा विदेशमा रहेकाले सञ्जिता र उनका दाजु करीब दश बर्षदेखि आफ्नो घरमा डेरा बस्दै आएका थिए । मृतक सञ्जिता फिदिमकै नयाँ नमूना माविमा ८ कक्षामा अध्ययनरत थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *