प्रधानमन्त्री ओलिले देउवा र प्रचण्डलाइ ठहरै बनाए पछि,देउवा-प्रचण्ड हारगुहार गर्न थाले

समाचार

नेकपा एमालेमा चर्किएको द्धन्द्ध सकारात्मक दिशातिर मोडिएको छ । पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबैभन्दा आक्रामक बन्दै आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई ओली फकाउन सफल भएका छन् ।
यसै हप्ता बालुवाटारमा ओलीले बोलाएपछि पुगेका रावलले गम्भीर कुराकानी गरेका थिए । उनले एमाले एकताको सूत्रबारे छलफल गरेको बुझिएको छ । ओलीले रावललाई मिलेर जाऔं भनेपछि माहोल सकारात्मक बन्दै गएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

एमालेको एकता कायम राख्नका लागि गठित कार्यदल पनि निकै सक्रिय भएको छ । रावलले पार्टीमा माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ भनेर आफूहरुले प्रस्ताव तयार नगरेको बताएका छन् । पार्टीभित्रका सबै विवाद सहमतिमार्फत नै टुँगो लगाउने उनको भनाई छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता हुने वा नहुने भन्नेबारे रावलले भने- “यो हस्ताक्षर त हामीले आन्दोलनको रुपमा गरेको हो । अदालतमा यो मुद्दामा सुनुवाई सकिएको छ ।

उनले पार्टीको विवाद समाधान भएपछि आफूहरु एकमत भएर अघि बढ्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर पनि स्वतः फिर्ता हुने उनको घोषणापछि एमाले एकढिक्का हुने र फेरि ओली नै सरकारमा रहने देखिएको छ ।

माधव पक्षका यी शक्तिशाली नेतालाई ओलीले फकाएपछि भएको यस्तो घोषणाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा झस्किएका छन् ।साभार:onlinemarg

Leave a Reply

Your email address will not be published. Required fields are marked *