अभिनेत्री जेनी कुँवर मृ’त श’वसँगै भेटिएको ‘डिप्रेशनको शिकार’ भएको त्यो अन्तिम भावुक नोट !

समाचार

नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् । कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो । यो समाचार तयार पार्दासम्म प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्ट मार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

उनको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्मह’त्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्मह’त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्मह’त्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् ।

प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नो श्रीमती विगत एक वर्षदेखि मानसिक समस्यामा रहेको र आफूहरूले उनको उपचारसमेत गर्दै आएको बताएका छन् । मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रूपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमान्ले प्रहरीलाई बताएका छन् ।

आफ्नी श्रीमतीले एक वर्ष अघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुसी राख्न आफूहरूले सक्दो प्रयास गर्दै आएको पनि श्रीमान्ले बताएका छन् । आफू कामले चाबहिल गएको बेला आत्मह’त्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् ।

जानकी कुँवरको नामले कला यात्रा सुरु गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुवै फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।

उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरूको कुलायन मन्दिरमा गएर उनी साधुका रूपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी युट्युबमा माताका रूपमा भाइरलसमेत भएकी थिइन् ।

उनले योबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्मह’त्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *