काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बगेको छ ।

समाचार

२५ असार, काठमाडौं । काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् ।

पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *