कति करोड दिँदै छ झलनाथ खनाललाई सरकारले उपचार खर्च? उपचार खर्च ब्यहोर्ने बाचा गरेको एमाले पछि हट्यो

समाचार

नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अहिले भारतमा उपचाररत छन् । उनको त्यहाँ मृगौलासम्बन्धि उपचार भै रहेको छ । यसअघि नेकपा एमाले पार्टीले ब्यहोर्ने भनिएको खनालको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रीपरिषदको बैठकबाट निर्णय गराइएको समाचार बाहिरिएको छ ।तर, उनको स्वास्थ्य उपचारमा सरकारले उपलब्ध गराउन लागेको रकम नै सार्वजनिक स्वास्थ्य सेवा ऐन, २०७५ बिरुद्ध रहेको पाइएको छ । नेपालमै मृगौला प्रत्यारोपण सम्मको सेवा उपलब्ध हुँदा हुँदै भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचाररत खनालको खर्च ब्यहोर्नु ऐन विपरित भएको विज्ञहरुले बताएका छन् ।उनको उपचारमा लागेको खर्च अर्थ मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा निकास हुने र परराष्ट्रले दिल्ली स्थित नेपाली दूतावास मार्फत उक्त अस्पतालको उपचार खर्च ब्यहोर्ने सरकारले निर्णय गरेको छ । यसअघि पार्टीले उनलको उपचार खर्च ब्यहोर्ने कुरा भ्रामक रहेको थाहा भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *