ओलीको ओरालो यात्रा , मुख्यमन्त्रीबाट शंकर पोख्रेल पनि आउट !

समाचार

लुम्बिनी प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम संगै बजेट पनि प्रस्तुत गर्यो। तर संसदमा बहुमतसहित पारित हुनु पर्ने प्रदेशको बजेट पारित हुन अँझै सकेको छैन। बिपक्षी गठबन्धनमा सहभागी सांसदहरुले बजेट छलफलका लागि बोलाइएको संसद बैठकमा मुख्यमन्त्री शंकरपोख्रेलकोनैतिकतामाथि प्रश्न उठाए।आफ्नो बहुमत सिद्ध गर्नका लागि पोख्रेललाई चुनौती दिएको बिपक्षी घटकको बिरोधकै कारण संसद बैठक चल्न सक्ने अवस्थामा पुगेन। फलतः गत ९ गतेदेखि अवरुद्ध संसद बैठक अब २७ गतेका लागि तीथि तय भएको छ। तर २७ को तीथि तय गरेको संसद बैठक पनि चल्ने वा नचल्ने भन्ने विषय मुख्यमन्त्री पोख्रेलकै भूमिकामा निर्भर रहने निश्चितै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *