विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

समाचार

२३ असार : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *