ओली सरकारले एकाएक किन गर्यो फेरि यस्तो निर्णय

समाचार

काठमाडौँ । सरकारले सबै किसिमका उडान खुला गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।‘मन्त्रिपरिषद्‌ले सबै उडान खुला गर्ने निर्णय गरेको छ, भोलि बुधबार सरकारका प्रवक्ताले यस विषयमा थप जानकारी दिनेछन्,’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

पर्यटनसहित ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठले भने, ‘उक्त निर्णयको पत्र प्राप्त भएलगत्तै उडानहरु सामान्य दिनमा झै सुचारु हुनेछन् ।’सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ५९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *