२० जिबी र्‍याम, १ टिबी स्टोरेज भएको शक्तिशाली स्मार्टफोन ल्याउँदै चिनियाँ कम्पनी

समाचार

काठमाडौं । चिनियाँ प्रिमियम स्मार्टफोन ब्राण्ड ZTE ले मोबाइल फोनको बजारमा तहल्का मच्चाउनेवाला छ । हालै ZTE Axon 30 सिरिजका प्रिमियम स्मार्टफोन ZTE Axon 30 Ultra 5G र ZTE Axon 30 Pro 5G लञ्च गरेको जेडटिइले हालसम्मकै शक्तिशाली स्मार्टफोन ल्याउने भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

जेडटिईको उक्त नयाँ स्मार्टफोनमा २० जिबीको र्‍याम हुनेछ । बजारमा अहिलेसम्म आएका कुनैपनि स्मार्टफोनमा यतिधेरै क्षमताको र्‍याम उपलब्ध छैन । हालसम्म लेनेभो जस्ता केही कम्पनीले मात्रै १८ गिगाबाइटको र्‍याम भएका सीमित स्मार्टफोन लञ्च गरेका छन् ।

कतिपय प्रिमियम स्मार्टफोनहरुमा १२ जिबीसम्मको र्‍याम उपलब्ध छ । तर जेडटिईको उक्त फोनमा २० गिगाबाइटको र्‍याम मात्रै होइन १ टेराबाइटको इन्टर्नल स्टोरेज हुनेछ ।
जेडटिईका एकजना निर्देशक लु क्विआन हाओले निकट भविष्यमै उक्त शक्तिशाली फोन सार्वजनिक गरिने बताएका छन् ।

चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा यस फोनको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएका छन् । जस अनुसार उक्त फोनमा अन्डर डिस्प्ले क्यामरा लगायतका नेक्स्ट जेनेरेसन फिचर पनि रहन सक्ने उल्लेख गरिएको छ । –एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *